काठमाडौं, १ मंसिर । नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले सभापतिका लागि संस्थापनइतर समूहबाट डा.शेखर कोइराला उपयुक्त रहेको घोषणा गरेका छन् ।
आँखा रोग विशेषज्ञसमेत रहेका डा. कोइरालाले वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता प्रकाशमान सिंहले पार्टीको १४औँ महाधिवेशनमा सभापति पदमा जित्न नसक्ने दाबी गरे ।
सार्वजनिक रुपमै नेत्र चिकित्सक कोइरालाले संस्थापनइतर समूहबाट दाजु शेखर मात्र सभापतिमा जित्ने उमेदवार नेता पौडेल, सिंहले छाड्नु पर्ने बताए । पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई काठमाडौंबाहिरका नेता–कार्यकर्ताले नचिन्ने भन्दै उनी शेखरको पक्षमा उभिएका छन् ।
प्रकाशमान काठमाडौंमै घेरिएरको आरोप लगाउँदै साथीहरूसँग आत्मीयता नदेखिएको काठमाडौं बाहिर नचिन्ने डा. शशांकको टिप्पणी छ । पार्टी सभापतिमा शेरबहादुर देउवालाई पराजित गर्न नेता कृष्णप्रसाद सिटौलासमेत समेटेर शेखरलाई सभापति बनाउनु पर्ने उनको दृष्टिकोण रहेको छ । तर त्यसका लागि शेखरले सबैलाई समेट्नु पर्ने महामन्त्री डा. शशांकको सुझाव छ । File Photo