काठमाडौं, १ मंसिर । देशभर चीसो बढेको छ । मौसम पूर्वानुमान महाशाखाले वायुको अधिकतम र नयूनतम तापक्रम घट्ने क्रममा रहेको जनाएको छ ।
महाशाखाले उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना पनि रहेको जनाएको छ ।
काठमाडौं उपत्यकामा आज न्यूनतम तापक्रम झरेर ७.४ डिग्री मापन गरिएको छ । अधिकतम तापक्रम २२ डिग्री मापन गरिएको छ ।
जोमसोममा न्यूनतम तापक्रम ३.५ डिग्री मापन गरिएको छ । जुम्लामा माइनस ४.५ डिग्री मापन गरिएको महाशाखाले जनाएको छ ।
नेपालमा बढी गर्मी हुने नेपालगञ्जमा न्यूनतम तापक्रम १५ डिग्री र अधिकतम तापक्रम २६.६ डिग्री मापन गरिएको छ ।
पोखरामा न्यूनतम तापक्रम १२ डिग्री, विराटनगरमा १४.५ डिग्री, जनकपुरमा १५.२ डिग्री, भैरहवामा ज्ञछ डिग्री, वीरेन्द्रनगरमा ११.६ डिग्री मापन गरिएको छ ।