काठमाडौं, २ मंसिर । नेपालको राष्ट्रिय महिला क्रिकेट टोलीले अन्तर्राष्ट्रिय क्रिकेटमा ऐतिहासिक सफलता हात पारेको छ ।
घरेलु टिम कतारविरुद्धको तीन खेलको टी–२० अन्तराष्ट्रिय सिरिज जित्दै ऐतिहासिक सफलता हात परेको हो ।
कतारको दोहामा बुधबार भएको दोस्रो टी–२० सिरिजमा नेपालले कतारलाई ६१ रनले पराजित गरेको हो ।
यस जितसँगै तिन खेलको सिरिजमा नेपालले २ जित हात पार्दै सिरिज आफ्नो हातमा लिन सफल भएको हो ।
सिरिज अन्तर्गत पहिलो खेलमा नेपालले कतारलाई १ सय १९ रनले पराजित गरेको थियो ।
नेपालले दिएको १ सय ३० रनको लक्ष्य पछ्याएको कतार तीन बल बाँकी छदै ६८ रनमा अलआउट भयो ।
कतारका लागि कप्तान अयेशाले सर्वाधिक २४ रन जोडेकि थिइन् ।
नेपालका लागि सरस्वती कुमारी चौधरीले सर्वाधिक ४ विकेट हात पारिन् । कप्तान रुविना क्षेत्रीले दुई तथा संगिता राई र सवनम राईले समान एक÷एक विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको नेपालले ६ विकेट गुमाएर १ सय २९ रन बनाएको थियो । नेपालका लागि कप्तान रुबिना क्षेत्रीले ५० रनको अर्धशतकीय इनिङ्स खेलिन् ।
यस्तै, कविता कुँवरले ३१ रन जोडिन भने अप्सरी बेगमले २३ रनमा अविजित रहिन । साथै, अन्य खेलाडिले दोहोरो रन जोड्न सकेनन् ।
कतारकी एन्जेलिन मारेले २ विकेट लिईन् । एलिना खान, साची ढाटवाल र सबिजाले समान एक÷एक विकेट लिईन् ।
नेपालले सिरिज अन्तरगतको तेस्रो खेल आज (विहिबार) खेल्दैछ ।