Logo

जबराले बोलाए पुर्ण बैठक, असन्तुष्ट १४ न्यायाधीश उपस्थित हुने



काठमाडौं, २ मंसिर । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बिहीबार सर्वोच्च अदालतका न्यायाधीशहरुको पुर्ण बैठक (फुलकोर्ट) बोलाएका छन् । जबराले पुर्ण बैठक बिहीबार दिउँसो २ बजे बस्नेगरी बोलाइएको बुझिएको छ । आजको बैठकमा जबरासहित २० जना न्यायाधीशहरुको उपस्थिति रहने भएको छ ।

बुधबार बसेको आन्दोलनरत १४ न्यायाधीशहरुको बैठकले सर्वोच्च अदालत, नियमावलीको नियम संशोधनका लागि सहमति जनाउँदै पुर्णबैठक (फुलकोर्ट) बोलाउने निर्णय गरेको थियो ।

प्रधानन्यायाधीशको काम कारवाहीसँग रुष्ट भएका १४ न्यायाधीशको बैठकमा नियमावलीमा राखिने विषयहरुमा सहमति जुटेको हो । सहमति जुटेसँगै १४ न्यायाधीशहरुले मुख्य रजिष्ट्रारलाई आज पुर्णबैठक बोलाउन आग्रह गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्