Logo

महासमिती सदस्य खड्काको चियापानमा नेता कार्यकर्ताको व्यापक सहभागिता



काठमाडौं, २ मंसिर । कांग्रेसमा १४औं महाधिबेसनको माहोल ताती रहेको छ । यतिखेर काँग्रेसको विभिन्न तहको निर्वाचन भैरहेको छ । वडा र पालिका अधिबेसन सकेको काँग्रेसमा अरु बाँकी तहमा हुँदै गरेको महाधिबेसनले देशभरका नेता कार्यकर्ताहरुलाई भ्याइनभ्याइ भैरहेको छ । नेतादेखी कार्यकर्ता तहसम्म आआफ्नो अनुकुलका टिम बनाएर क्रियाशिल भइरहेका छन ।

केन्द्रदेखी स्थानिय तहसम्म विभिन्न गुट निर्माण गर्ने क्रमपनि जारी रहेको छ । नेतृत्वका आकांक्षिहरुपनी बिभिन्न एजेण्डा बोकेर कार्यकर्ताहरुमाझ पुग्ने क्रम जारी छ । कतिपय नेतृत्वका आकांक्षीहरु नेताका घर दैलो गर्दैमा ब्यस्त छन् भने कतिपय नेताहरु कार्यकर्ताहरु माझ आफ्नो एजेण्डा सार्वजनिक गरेर मन जित्ने प्रयासमा ब्यस्त देखिन्छन् ।

यसै सन्दर्भमा, काँग्रेसका हाइकमाण्डका धेरैजसो नेताहरुको बसोबास रहेको काठमाडौ क्षेत्र नम्बर ५ मा धेरैको नजर परिरहेको छ । क्षेत्र नं ५ को क्षेत्रीय सभापतिको लागि लोकप्रिय युवानेता एवं महासमिती सदस्य श्याम खड्काले यस अघि नै उम्मेद्बारी प्रस्तुत गरिसकेका छन् ।

आज खड्काले आफ्नो क्षेत्रका नेता कार्यकर्ताको लागि चियापान तथा भेट्घाट कार्यक्रम आयोजना गरेका थिए । नेता कार्यकर्ताको व्यापक सहभागितामा सम्पन्न उक्त कार्यक्रममा सबैजसो सहभागीले खड्कालाई साथ, सहयोग र समर्थन गर्ने घोषणा गरेका छन् ।

क्षेत्र नं ५ का कांग्रेसका सबै निर्णायक नेता एवं कार्यकर्ताहरुको उपस्थितिमा खड्काले केही समय अघि नै क्षेत्रीय सभापतिमा उम्मेद्वारी घोषणपछि कार्यकर्तामा खुशियाली छाइरहेको छ भने काँग्रेस बलियो भएको हेर्न चाहने पुराना पुस्ताका नेताहरुपनी उत्साहित बनिरहेका छन् ।

काँग्रेसको बलियो गढ रहेको क्षेत्र नं ५ पछिल्लो समय साँगठानिक हिसाबले क्षतबिक्षत जस्तै भएको छ । स्थानिय एवं केन्द्रिय निर्वाचनमा पनि लज्जास्पद हार ब्यहोर्नुपरेको थियो ।

श्याम खड्का कार्यकर्तामाझ लोकप्रिय नेता हुन । जुझारु युवा नेता, कुशल संगठक, बिकासप्रेमी नेता अनि सबैका सुखदुखका साथिको रुपमा परिचित खड्का काँग्रेसका एकजना राम्रो सम्भावना बोकेका पात्र हुन् । आम जनता, कार्यकर्ताको पंक्तिदेखी पार्टिको नेतृत्वतहसम्म राम्रो पहुंच र हैसियत भएका थोरै नेताभित्र पर्छन् श्याम खड्का ।

 

 



प्रतिक्रिया दिनुहोस्