Logo

प्रहरीसँगको धकेलाधकेलमा बारका सचिव घाइते



काठमाडौं, २ मंसिर । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दैै धर्ना दिने क्रममा सर्वोच्च अदालत परिसरमा कानुन व्यवसायीहरु घाइते भएका छन् ।

सर्वोच्चमा कानुन व्यवसायीहरुको प्रहरीसँग धकेलाधकेल गर्ने क्रममा बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, सचिव ऋषिराम घिमिरे लगायत घाइते भएका हुन् । अर्का वकिल प्रकाश महर्जन प्रहरीको लाठी लागेर बेहोस समेत भएका थिए ।

प्रधानन्यायाधीशले सरकारमा भाग खोजेको, गोलाप्रथा लागु नगरेको, विचौलियालाई प्रश्रय दिएको लगायतका आरोप लगाउँदै कानुन व्यवसायीहरु आन्दोलनमा उत्रिएका हुन् ।



प्रतिक्रिया दिनुहोस्