Logo

प्रहरीको लाठी प्रहारबाट घाइते बारका अध्यक्षको अन्नपुर्ण अस्पतालमा उपचार हुँदै



काठमाडां, २ मंसिर । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध प्रदर्शनमा उत्रिएका कानुन व्यवसायीहरुमाथि बिहीबार प्रहरीले लाठीचार्ज गरेको छ । प्रहरीको लाठीचार्जबाट घाइते भएका नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठलाई थप उपचारको लागि अस्पताल लगिएको छ । उनलाई थापाथलिस्थित् अन्नपुर्ण न्युरो अस्पताल लगिएको हो ।

त्यस्तै, घाइते भएका केन्द्रीय सदस्य प्रकाश महर्जनलाई पनि उपचारको लागि सोही अस्पताल लगिएको थियो । प्रहरीको लाठीले लागेर घाइते भएका महर्जन एकछिन बेहोस भएका थिए । पछि पानी हालेर ब्युझिएका हुन् ।

जबराको राजीनामा माग गर्दै कानुन व्यवसायीहरु आज पनि प्रर्दशनमा उत्रिएका हुन् । प्रदर्शनमा उत्रिएका वकिहरु र प्रहरीबीच धेकलाधकेल हुँदा व्यवसायीमाथि प्रहरीले लाठीचार्ज गरेको हो । File Photo



प्रतिक्रिया दिनुहोस्