Logo

प्रहरीले बारको आन्दोलनमा लाठीचार्ज गरेको भन्दै बारले आकस्मिक बैठक बोलायो



काठमाडौं, २ मंसिर । प्रहरीले लाठीचार्ज गरेको भन्दै बिहीबार ४ सातादेखि आन्दोलनरत नेपाल बारले आकस्मिक बैठक बोलाएको छ । आकस्मिक बैठकमा बारका पदाधिकारी, सल्लाहकार र उपत्यकामा रहेको बारका इकाइका प्रतिनिधीहरुलाई बोलाईएको छ ।

बारको बैठक अबको केहीबेरमा नेपाल बार एसोसिएशनको भवन रामशापथमा बस्ने बुझिएको छ । बारले प्रहरीको दमन विरुद्ध अन्तराष्ट्रिय मानव अधिकारवादी संस्थामा समेत चेतावनी दिएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध प्रदर्शनमा उत्रिएका कानुन व्यवसायीहरुमाथि बिहीबार प्रहरीले लाठीचार्ज गरेको थियो । प्रहरीको लाठीचार्जबाट घाइते भएका नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठलाई थप उपचारको लागि थापाथलिस्थित् अन्नपुर्ण न्युरो अस्पताल लगिएको हो ।

त्यस्तै, घाइते भएका केन्द्रीय सदस्य प्रकाश महर्जनलाई पनि उपचारको लागि सोही अस्पताल लगिएको थियो । प्रहरीको लाठीले लागेर घाइते भएका महर्जन एकछिन बेहोस भएका थिए । पछि पानी हालेर ब्युझिएका हुन् ।



प्रतिक्रिया दिनुहोस्