Logo

सर्वोच्चको फूलकोर्टले गोलाप्रथा टुंगो लगाएपछि अधिकांश न्यायाधीश काममा फर्कने



काठमाडौं, २ मंसिर । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले डाकेको फूलकोर्ट बैठकमा १८ जना न्यायाधीश उपस्थित भएका छन् । विद्रोही पक्षका १३ सहित फरक धारका ५ न्यायाधीश पनि सहभागी छन् ।

बैठकले गोलाप्रथाद्वारा मुद्दा हेर्ने प्रयोजनका लागि आवश्यक पर्ने निर्देशिका पारित गर्ने कार्यसूची बनाएको छ । प्रधानन्यायाधीश जबराले गोलाप्रथा गरी मुद्दा हेर्ने थिती बनाएर सहमति निकाल्न खोजेका छन् ।

बैठकमा अमेरिका रहेका न्यायाधीश इश्वरीप्रसाद खतिवडा मात्र अनुपस्थित छन् । गोलाप्रथाका लागि कार्यसूची बनाएपछि सर्वोच्चका अधिकांश न्यायाधीशहरु इजलासमा फर्कने बुझिएको छ ।

यसअघि सर्वोच्चका ५ जना न्यायाधीश इजलासमा फर्किइसकेका छन् । प्रधानन्यायाधीशसहित २० जना न्यायाधीशहरुमध्ये भोलिबाट बहुमत न्यायाधीश काममा फर्कने निश्चित भएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot