Logo

‘म सभापति उठ्छु, ब्याक हुने सम्भावना छैन’’ : शशांक कोइराला (भिडिओसहित)



नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले आफूले सभापतिमा शेखर कोइरालालाई सभापतिमा सघाउने भनेर आफूले सहमति नगरेको स्पष्ट पारेका छन् । उनले १४औं महाधिवेशनमा आफू नै सभपतिमा उठ्ने घोषणा गरेका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले भनेका छन्–‘हाम्रो बिचमा कुरा भएको थियो । तर, मैले तपाईंलाई सभापतिमा सहयोग गर्छु भनेर कहिल्यैपनि भनेको छैन् । अब म के भन्छु भने शेखर दाई पनि सभापतिको उम्मेद्धवार हो । तर, म यत्ति मात्र भन्न चाहन्छु कि अहिले अवस्थामा सफल रुपमा नेतृत्व गर्नको लागि म नै उपयुक्त हो भन्ने मलाई लाग्छ ।’ प्रस्तुत छ महामन्त्री कोइरालासँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंशः

तपार्इं शेखर कोइरालालाई सभापति बनाउनको लागि सहमति गरेको व्यक्ति, एक्कासी सहमतिबाट किन पछि हट्नुभयो ?

मैले शेखर दाईनै सभापतिको उम्मेद्ववार हुनुहुन्छ भनेर कहिल्यैपनि भनेको छैन् । मेरो पनि सभापतिमा दाबी छ । मेरो भनाई चाहीँ के हो भने–सबैभन्दा सक्षम र सबैले रुचाएको व्यक्ति म नै हो जस्तो मलाई लाग्छ । मैले देशभरि भ्रमण गर्दा साथीहरुले यसपटक जसरी पनि तपाईं सभापतिमा उठ्नुपर्छ, पछि नहट्नुहोला भनेका छन् । साथीहरुको भावना मप्रति सकारात्मक रहेको छ ।

तर, तपाईंले शेखर कोइरालालाई धोका दिनुभयो भन्छन् नि ?

हाम्रो बिचमा कुरा भएको थियो । तर, मैले तपाईंलाई सभापतिमा सहयोग गर्छु भनेर कहिल्यैपनि भनेको छैन् । अब म के भन्छु भने शेखर दाई पनि सभापतिको उम्मेद्धवार हो । तर, म यत्ति मात्र भन्न चाहन्छु कि अहिले अवस्थामा सफल रुपमा नेतृत्व गर्नको लागि म नै उपयुक्त हो भन्ने मलाई लाग्छ ।

आज शेखर कोइरालाले पत्रकार सम्मेलन गरेर उम्मेद्धवारी घोषणा गर्ने कार्यक्रम थियो । तर, तपाईं आज नै किन संखुवासभा जानुभयो ?

हेर्नुहोस म संखुवासभा गएको थिईनँ, र जाने पनि थिएन् । तर, यहाँको सभापति दिपक खड्काज्युले मलाई आग्रह गर्नुभयो । मलाई यहाँ आउन मन पनि थियो । त्यहीभएर म यहाँ आएको हो । अत्यन्त सुन्दर ठाउँ रहेछ । म नआएको ठाउँ भएको हुदाँ मलाई यहाँ आउन अत्यन्त धेरै इच्छा थियो । त्यसैले म आएको हो ।

कोइराला परिवारमा आज सभापतिको उम्मेद्धवारी घोषणा गर्ने सहमति भइसकेको थियो भन्ने हल्ला छ नि, यो कुरा सत्य हो ?

होइन, त्यस्तो केही पनि सहमति भएको थिएन् ।

उसोभए तपाईं र शेखर कोइरालाको बीचमा केही पनि सहमति भएको थिएन त ?

सहमति भएको थिएन । कुरा हुँदै थियो, उहाँले भन्नुभयो म सभापतिमा लड्छु । त्यसपछि मैले पनि भनें–होइन् म पनि सभापतिमा लड्छु भनेर भनेको हो । हामीहरु बिचमा त्यतिमात्र कुरा भएको हो ।

उसोभए तपाईं अब सभापतिको उम्मेद्धवार नै हो ? ब्याक हुने सम्भावना छैन् ?

म ब्याक हुने संभावना छैन् ।

त्यसोभए नेपाली काँग्रेसको १४औं महाविधेशनमा तपाईं सभापतिको उम्मेद्धवार हो ?

हो ।

शेखर कोइरालालाई सभापतिमा साथ दिने सम्भावना छैन् ?

होइन्, त्यस्तो हुँदैन् । हामी दुईजनामा एक जनामात्र उठ्छौं । सबैजनाले मलाई नै सहयोग गर्नुहुन्छ भन्ने मलाई विश्वास छ ।

शेखर कोइराला र सुजाता कोइरालाको पनि तपाईंलाई समर्थन रहन्छ ?

उहाँहरुले पनि मलाई समर्थन गर्नुहुन्छ भन्ने मलाई विश्वास छ । कोइराला परिवारबाट म नै साझा उम्मेद्धवार हो ।

तर, शेखर कोइरालाले म अब ब्याक हुँदैन भन्नुभएको छ ?

होइन्, हाम्रो बीचमा कुरा हुन बाकीँ नै छ । कुरा कसरी अघि बढ्छ म भन्न सक्दिनँ ।

उसोभए तपाईं सभापतिको उम्मेद्धवारी दिनको लागि तयारी गर्न संखुवासभा जानुभएको हो ?

हो, त्यो पनि हो । र, म यहाँ कहिल्यै आएको थिईनँ । आउने अवसर पाएँ, त्यसैले आएको हुँ ।

तपाईंले प्रकाशमान सिहंलाई काठमाडौं बाहिर कसैले चिन्दैनन् भन्नुभयो तर, उहाँले तपाईंलाई जितेर देखाइदिन्छु भनेर चुनौति दिनुभएको छ नि ?

मैले त्यस्तो भनेको होइन् । मैले प्रकाशमान सिहं काठमाडौंमा परिचित छन् । तर, देशव्यापी रुपमा उहाँको जमात छैन् भनेर मात्र भनेको हो ।

पछिल्लो समय तपाईं र प्रकाशमान सिहं बिचमा पनि द्वन्द्व बढेको हो ?

होइन् , यो कुरा गलत हो । हामीहरु बिचमा कुनै पनि द्वन्द्व छैन् ।

उसोभए तपाईं र प्रकाशमान बीचमा सहमति हुन्छ ?

हाम्रो बीचमा सहमति हुन्छ । सहमति नभएर कसरी अघि बढ्न सकिन्छ र ? जसरी भएपनि सहमति गर्न सक्नुपर्छ ।

त्यसोभए तपाईं र प्रकाशमान बीचमा सभापतिको उम्मेद्धवार को हो ?

मैले अघि नै भनिहालें नि–म नै हो सभापतिको उम्मेद्धवार । तर, अरुसँग पनि कुरा गर्नुपर्छ । सबैसँग सल्लाह गरेर राय, सुझाव लिएर मात्र अगाडि बढ्नुपर्छ भन्ने मलाई लाग्छ ।

उसोभए शेरबहादुर देउवाको बिरुद्धमा तपाईंहरु साझा उम्मेद्धवार बनाउन सक्नुहुन्छ ?

हामीले सकेसम्म साझा उम्मेद्धवार बनाउछौं । हामीहरु बीचमा सहमति हुन्छ । हामी एक भएर अघि बढ्ने हो ।

त्यसको नेतृत्व कसले गर्छ ?

नेतृत्व मैले गर्छु ।



प्रतिक्रिया दिनुहोस्