Logo

काठमाडौं–बैंकक हवाई उडान पुनः सुरु हुने



काठमाडौं, २ मंसिर । काठमाडौं–बैंकक हवाई उडान पुनः सुरु सम्भावना बढेको छ ।

कोरोना महामारीका कारण बन्द रहेको उडान संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेमबहादुर आले र थाइल्यान्डका राजदुत भोसिता भोरासफबीच बिहीबार भएको भेटवार्ताको क्रममा राजदुतले केही दिनभित्र उडान हुने बताएका हुन् ।

मन्त्री आलेले राजदुत भेरासफलाई लुम्बिनी क्षेत्रमा गरेको सहयोगप्रति धन्यवाद दिएका हुन् ।



प्रतिक्रिया दिनुहोस्