Logo

बुधबार वितरण गरेको ई–पासपोर्ट आवेदनमा समस्या



काठमाडौं, २ मंसिर । बुधबारदेखि राहदानी विभागले परीक्षणकालीन वितरण प्रारम्भ भएको ई–पासपोर्टमा आजै समस्या देखिएको छ । विभागले जारी वितरण गरेको २४ घन्टा नबित्दै आवेदन प्रणालीमा समस्या देखिएको हो ।

आवेदन पक्रियाअन्तर्गत ‘अपोइन्टमेन्ट डेट’ लिने चरणमा पुगेपछि सिस्टममा समस्या आएको हो । विभिन्न चरणको विवरणसँगै नागरिकताको अट्याच गर्ने क्रममा यो समस्या देखा परेको हो ।

सिस्टममा प्राविधिक समस्या देखिएको राहदानी विभागले बताएको छ । विभागले आज साझसम्म सिस्टममा आएको समस्याको समाधान हुने जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्