काठमाडौं, २ मंसिर । नेपाली कांग्रेसको १४औं महाधिवेशन नजिकिएसँगै सभापतिका आकांक्षीहरुले सक्रियता बढाएका छन् । यसपटक पनि सभापतिमा वर्तमान सभापति शेरबहादुर देउवाले दोहोरिने स्पष्ट रुपमा बताईसकेका छन् । यसको लागि देउवाले टिम नै बनाएर भेटवार्ता र बैठकहरु सञ्चालन गर्दै आएका छन् ।
पछिल्लो समय उनले पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलासँग नयाँ समिकरण बनाउने कसरत थालेका छन् । सिटौलाले सार्वजनिक रुपमै आफूले पनि टिम बनाएर चुनावी मैदानमा उत्रिने स्पष्ट पारिसकेका छन् । उनको टिम बन्छ कि बन्दैन ? त्यो अझै एकिन भएको छैन् ।
तर, उनको साथमा रहँदै आएका युवा नेता गगन थापाले भने उनको साथ छोडेर प्रकाशमान सिंहको प्यानलमा गैसकेका छन् । उनको समूहबाट प्रदीप पौडेलले भने महामन्त्रीमा उम्मेद्धवारी दिने घोषणा गरेका छन् । कांग्रेसमा सिटौलाको देशव्यापी रुपमा राम्रै पकड रहेको बुझेका देउवाले यसपटक सिटौलासहितको टिम बनाउने तयारी थालेका छन् ।
आजमात्रै पनि देउवाले सिटौलासँग महाविधेशनकेन्द्रित लामो छलफल गरेका थिए । बालुवाटारमा भएको दुई नेताबीचको छलफलमा महाधिवेशनमा समिकरण बनाउनेबारे गृहकार्य भएको बुझिएको छ । देउवाले पनि आफूनिकट नेताहरुसँग पछिल्लो समय भन्ने गरेका छन्–‘कष्णजीसँग काम गर्न सजिलो छ, उहाँसँग टिम बनाएर नै जाने निश्कर्षमा म पुगेको छु । अहिले छलफल सकारात्मक छ ।’ file photo