काठमाडौं, २ मंसिर । नेपाल बारको उपाध्यक्ष रक्षा बस्यालले नेपाल बारले सुरु देखिनै न्यायालय शुद्धिकरण गर्नुपर्ने बताउँदै आएको बताइन् ।
बारले गरेको पत्रकार सम्मेलनमा बोल्दै बस्यालले भनिन्, ‘एसएलआर जस्तो हतियारको हामीले दमन सहनुपर्यो, हामीसँग एउटा कलम र कागज मात्र थियो आन्दोलन दबाउनको लागि बुट र जुत्ता ल्याइएको थियो । जुन बुटले लागेर हाम्रा साथीहरु आज घाइते भएका छन् ।’
न्याय शुद्धिकरण रोक्नको लागि संसारमा नभएको दमन गरियो भन्दै उनले घटनाको घोर भत्र्सना गरिन् ।