Logo

सर्वोच्च परिसरमा कानुन व्यवसायीलाई धम्क्याउने २ जना पक्राउ



काठमाडौं, ३ मंसिर । नेपाल बार एसोसिएसन परिसरभित्र नै पसेर वकिलहरुलाई धम्की दिने २ जना पक्राउ परेका छन् । प्रधानमन्त्री चोलेन्द्र शमशेर जबराविरुद्ध आन्दोलनमा उत्रिएका कानुन व्यवसायीहरुलाई धम्क्याउने तीर्थ ढकाल र सीताराम श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

ढकाललाई बौद्धबाट र श्रेष्ठलाई कागेश्वरी मनहराबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । बिहीबार कानुन व्यवसायीहरुले आन्दोलन गरिरहेका समयमा अचानक केही युवा बार परिसरभित्रै पसेर वकिलहरुलाई गाली गरेका थिए । गाली गरेका मध्ये २ जनालाई प्रहरीले गएराती नियन्त्रणमा लिएको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्