Logo

नेपाली महिला क्रिकेट टोलीलाई ऐतिहासिक सफलता



काठमाडौं, ३ मंसिर । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले कतारविरुद्धको ३ खेलको टी–२० अन्तराष्ट्रिय सिरिजमा ऐतिहासिक सफलता हात पारेको छ । बिहीबार कतारको दोहामा भएको अन्तिम टी–२० सिरजिमा कतारलाई १ सय ९ रनले हराउँदै नेपालले ३–० को सफलता हात पारेको हो ।

नेपालको यो पहिलो टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिज हो । जसमा कतारलाई क्लिन स्विप गर्दै ऐतिहासिक सफलता हात पारेको छ ।

नेपालले दिएको १ सय ६५ रनको लक्ष्य पछ्याएको कतारले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ५५ मात्र रन जोड्न सक्यो । जसका लागि अलिना खानले सर्वाधिक १९ र कप्तान अयेशाले १३ रन जोडे । अन्य खेलाडिले दाहोर रन जोड्न सकेनन् ।

नेपालका लागि कप्तान रुबिना क्षेत्री, सरस्वती कुमारी चौधरी र सवनम राईले समान १–१ विकेट हात पारे । यसअघि ब्याटिङ गरेको नेपालले २० ओभरमा ३ विकेट गुमाएर १ सय ६४ रनको कीर्तिमानी योगफल तयार गरेको थियो ।

जसमा नेपालको लागि सीता राना मगरले अविजित रहदै सर्वाधिक ८२ रनको अर्धशतकीय इनिङ्स खेलिन् । ज्योति पाण्डेले २४, डोली भट्टले १२ र काजल श्रेष्ठ १२ रन जोड्न सफल भए । यस्तै, सरिता मगर १७ रनमा अविजित रहिन् ।

कतारकी एन्जेलिन मारे, साची ढाटवाल र आयशले समान १–१ विकेट लिए । आईसीसी महिला टी–२० विश्वकपको एसियाली छनोटको तयारी स्वरूप नेपालले कतारसँग तीन खेलको पहिलो टी–२० सिरिज खेलेको हो ।



प्रतिक्रिया दिनुहोस्