काठमाडौं, ३ मंसिर । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले शुक्रबार १० इजलास तोकेका छन् । जबरारले एउटा एकल इजलास र ९ संयुक्त गरी २२२ मुद्दाको पेशी तोकेका हुन् ।
प्रधानन्यायाधीश जबराले केही दिनदेखि आफ्नै निवासबाटै इजलास तोक्दै आएका छन् । प्रधानन्यायाधीशले आज न्यायाधीशहरु दीपककुमार कार्की, प्रकाशमान सिंह राउत, मीरा खड्का, सुष्मलता माथेमा लगायतको लागि पेसी इजलास तोकेका छन् ।