Logo

साढे २ बजे राति मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु



काठमाडौं, ३ मंसिर । काठमाडौंमा आज मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । माइतीघरमा दुर्घटना हुँदा ०२, ०२४ प ६७ ७१ नम्बरको मोटरसाइकलको पछाडी बसेका २१ वर्षीय रोमन मल्लिकारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सिंहदरबारबाट बबरमहलतर्फ जाँदै गर्दा मोटरसाइकल अनियन्त्रित भई पल्टिएर बिहान साढे २ बजे दुर्घटना भएको थियो । दुर्घटनामा गम्भिर भएका मल्लिकको उपचारको लागि अन्नपुर्ण न्युरो अस्पतालमा राति नै मृत्यु भएको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot