Logo

आज पनि सर्वोच्चमा कानुन व्यवसायी र प्रहरीबीच ठेलमठेल



काठमाडौं, ३ मंसिर । आज पनि कानुन व्यवसायी र प्रहरीबीच ठेलमठेल भएको छ । कानुन व्यवसायीहरुलाई सर्वोच्च अदालत परिसरको धर्नास्थलमा प्रहरीले जान रोक्न खोजेपछि ठेलमठेल भएको हो ।

शुक्रबार सर्वोच्च परिसरमा बाक्लो सुरक्षाकर्मीहरु तैनाथ गरिएको छ । बिहीबार पनि कानुन व्यवसायीहरु र प्रहरीबीच धकेलाधकेल भएको थियो प्रहरीले लाठी चार्ज गर्दा बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ सहित केही घाइते भएका थिए ।

हिजो मात्रै सर्वोच्च अदालतका न्यायाधीशहरुको फुलकोर्टको बैठक बसेको थियो । बैठकले गोलाप्रथाबाट इजलास तोक्ने गरी नियमावली संशोधन गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot