काठमाडौं, ३ मंसिर । नेपाल बार एशोसिएशनको आन्दोलनको बावजुद पनि सर्वोच्च अदालत अब लयमा फर्किने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले शुक्रबारका लागि १० इजलास गठन गरेको सबै इजलास तोकिएका न्यायाधीशहरु पनि सबै इजलासमा बसने भएका छन् । प्रधानन्यायाधीश जबराले भने आफूलाई इजलास तोकेका छैनन् ।
आन्दोलित न्यायाधीशलाईसमेत इजलास गठन गरेका प्रधानन्यायाधीश जबराले आज २ सय २२ मुद्दाको पेसी चढाएका छन् । गोलाप्रथाद्वारा मुद्दाको पेसी तोक्ने सहमति जनाएपछि जबराको राजीनामा माग्दै आएका न्यायाधीशहरू पनि आजबाट इजलास फर्किएका छन् । file photo