Logo

बारले थप आन्दोलनको लागि बैठक बोलायो



काठमाडौं, ३ मंसिर । करीब ४ सातादेखि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आएको कानुन व्यवसायीहरुले थप आन्दोलन घोषणा गर्ने तयारी गरेका छन् ।

तेस्रो चरणको आन्दोलनको लागि नेपाल बार एसोसिएसनले सल्लाहकार र पदाधिकारीहरुको बैठक बोलाएको हो । बैठक दिउँसो १ बजे बार भवनमा बस्ने भएको छ । अबको आन्दोलन थप कडा बनाइने र देशव्यापी बनाउने विषयमा छलफल हुने बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot