Logo

बारको आन्दोलनमा घुसपेठ भएको दाबी, वकिलको आक्रमणले प्रहरीको दाँत फुस्कियो



काठमाडौं, ३ मंसिर । नेपाल बार एशोसिएशनको आन्दोलनमा घसुपैठ भएको दाबी गरिएको छ । बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले आन्दोलनमा वाईसिएललाई घुसाएको र प्रहरीमाथि हातपात गर्न लगाएको बुझ्नमा आएको छ। बारको आन्दोलनले उग्र रुप नलिओस भनेर आज विहानैदेखि सुरक्षा व्यवस्था मजबुद बनाईएको थियो ।

तर, आन्दोलनमा उत्रिएका वकिलहरुले हातपात र आक्रमण गर्दा तीन जना प्रहरी घाईते भएका छन् । एक जना प्रहरीको त दाँत नै फुस्किएको जनाईएको छ । बारले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मागेर आन्दोलन जारी राखेको छ। तर, अदालत भने नियमित प्रक्रियामा अघि बढिसकेको छ ।

आजमात्रै १० इजलास तोकिएका छन् । ती ईजलासमा २ सय २२ जना मुद्दाको सुनुवाई हुने भनिएको छ । प्रधानन्यायाधीश जबराले आफूबाहेकका इजलास तोकेका छन् । बारले भने आन्दोलन दिनप्रतिदिन कमजोर हुँदै तुहिने भएपछि अदालतमा अराजकता मच्चाउनको लागि उग्र रुपमा प्रस्तुत हुन आन्दोलनमा उत्रिएका वकिलहरुलाई उचालिरहेको छ ।

केही दिन पहिले कांग्रेस पदाधिकारी बैठकमा बोल्ने क्रममा गृहमन्त्री बालकृष्ण खाँणले बारको आन्दोलनमा घसुपैठ भएको र वाईसिएल पनि सहभागी भएको प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष ब्रिफिङ गरेका थिए । उनले आफूलाई प्रधानमन्त्रीले आदेश दिने हो भने वाईसिएल छुट्याएर देखाईदिने पनि भनेको समाचार मिडियामा आएका थिए । Photo Source: Jaya Singh Mahara/Twitter 



प्रतिक्रिया दिनुहोस्