Logo

स्वामी रामदेव र आचार्य बालकृष्ण आज स्याङ्जा जाँदै



काठमाडौं, ३ मंसिर । योग गुरु स्वामी रामदेव र आचार्य बालकृष्ण आज स्याङ्जा जाने भएका छन् ।

आचार्य बालकृष्णको पिता जयबल्लभ सुवेदीको चौरासी पूजामा उनीहरु त्यहाँ जानेभएको आचार्य बालकृष्णका भाइ डा.पवमान सुवेदीले जानकारी दिएका छन् । स्याङ्जाको वालिङ नगरपालिका–६ भरुवामा बुवाको सहस्र पूर्णचन्द्र दर्शनको अवसरमा आयोजना गरिएको लघुरुद्री, श्रीमद्भागवत पाठ पारायण, चौरासी पूजा एवं लाखबत्ती (लक्ष्यबत्ती) कार्यक्रममा सहभागी हुन उनीहरु स्याङ्जा जानलागेको सुवेदीले बताए ।

“आज दिउँसो २ बजेतिर दुबै जना घरमै आउनुहुनेछ”, उनले भने, “बुबाको चौरासी पूजासँगसँगै उहाँहरुको स्वागतका लागि आवश्यक तयारी भइरहेको छ ।” आचार्य बालकृष्ण पिता जयबल्लभ सुवेदीका ज्येष्ठ सुपुत्र हुन् । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot