Logo

२ किलो सुनसहित विमानस्थलबाट दुई जना पक्राउ



काठमाडौं, ३ मंसिर । शुक्रबार अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित २ जना पक्राउ परेका छन् । दाङका सीताराम चौधरी र सिरहाका सरोज सहनीलाई आज कपडामा लुकाएर ल्याएको २ किलो सुनसहित पक्राउ गरेको प्रहरीले जनाएको हो ।

दुबईबाट वायुसेवा निगमको जहाजमा चढेर आएका दुई युवाहरुलाई विमानस्थलको सुरक्षा टोलीले चेकजाँचको क्रममा पक्राउ गरेको जनाएको छ । उनीहरुले कट्टमा सुन लुकाएर ल्याएका थिए ।

 



प्रतिक्रिया दिनुहोस्