Logo

युवतीहरुको नग्न तस्बिर पठाउन लगाई ब्ल्याकमेल गरेपछि…



काठमाडौं, ३ मंसिर । कम उमेरका किशोरी र युवतीहरुसँग उनी विभिन्न तरिकाले साथी बन्थे । सामाजिक सञ्जालमार्फत् साथी बनेपछि उनले निकटता बढाउँथे । त्यसपछि नग्न तस्बिर पठाउन लगाउँथे ।

युवतीहरुसँग अन्तरंग कुराकानी सामाजिक सञ्जालमा गरेको रेकर्ड गर्थे । कतिपय अवस्थामा तस्बिर राखेर ब्ल्याकमेल सुरु गर्थे । उनले धेरैलाई हैरानी कटाउन थाले ।

एक किशोरीलाई त्यसरी नै हैरान पारेपछि प्रहरीकोमा उजूरी पर्यो । त्यसपछि युवक पक्राउ परे । ती युवक काठमाडौंको भोटेबहाल बस्ने लव खड्गी हुन् । २० वर्षीय खड्गीलाई विद्युतीय कारोबार ऐन अनतर्गतमा सीआइबीले पक्राउ गरेको छ ।

सीआइबीका एसएसपी प्रवक्ता नविन्द अर्यालले उनीमाथि अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्