काठमाडौं, ३ मंसिर । नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओलीलाई खुशी बनाउने प्रतिष्पर्धा चलेको छ । महाधिवेशनको मुखमा ओलीको गुणगान गाउँदै खुशी बनाउने प्रतिष्पर्धा चलेको छ ।
ओली अध्यक्षमा दोहोरिने निश्चित छ । यसका लागि उनले विधान महाधिवेशनमार्फत् विधान संशोधन समेत गरे । आलीनिकटस्थहरुले उनी फेरि दोहोरिने बताइरहे । तर, पछिल्लो समय ओलीइतर भनी चिनिएकाहरुले पनि पक्षमा बोल्न थालेका छन् । एमाले सचिव योगेश भट्टराईले ओलीको विकल्प नभएको अभिव्यक्ति दिएका छन् । यसलाई उनले महाधिवेशनमा पुनः पदाधिकारीमा दोहोरिने तरिकाका रुपमा लिएका छन् ।
भीम रावल र घनश्याम भुसालले मात्र ओलीको आलोचना गर्दै आएका छन् । तर, दुवै एमालेभित्र कमजोर भइसकेका छन् । अष्टलक्ष्मी शाक्य पनि सहमतिमा पदाधिकारी चयन गर्नुपर्ने पक्षमा छिन् । उनले ओलीको आलोचना गर्न छाडेकी छिन् ।
सचिवहरु गोकर्ण बिष्ट र भीम आचार्य ओलीको प्रशंसक बनेका छन् । स्थायी कमिटी सदस्यहरु सुरेन्द्र पाण्डे, अमृतकुमार बोहरा र रघुजी पन्त मौनप्रायः छन् । उनीहरु ओलीको आलोचना गरिरहेका छैनन् ।
एमालेमा ओलीले जस्लाई चाहन्छन् उही महत्वपूर्ण पदमा पुग्ने निश्चितप्रायः छ । त्यसैले पनि ओलीको गुणगान गाउने प्रतिष्पर्धा चलेको छ ।