Logo

सुजाता निवासमा रामचन्द्र



काठमाडौं, ३ मंसिर । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल आज अपरान्ह केन्द्रीय सदस्य सुजाता कोइराला निवास मण्डिखाटार पुगे । उनले सुजातालाई भेटेर सभापतिमा साथ दिन आग्रह गरे ।

विश्वस्त स्रोतका अनुसार पौडेलले आफूले सबैलाई मिलाएर लानसक्ने योजना सुनाएका थिए । देशमा प्राप्त राजनीतिक उपलब्धिलाई संस्थागत गर्न आफूले भूमिका खेल्न सक्ने भन्दै साथ दिन आग्रह गरेका थिए ।

जवाफमा सुजाताले सबैलाई मिलाएर साझा उम्मेदवार बनाउन पहल गर्नुपर्नेमा जोड दिइन् । उनले आफू पनि सभापतिको आकांक्षी रहेकाले साथ दिन आग्रह गरिन् । सहमतिमा उम्मेदवार बनेमा आफू पछि हट्न तयार रहेको कोइरालाले भनेकी थिइन् ।

पौडेल पछिल्लो समय राजनीतिक दौडधूपमा छन् । उनी चाक्सीबारी पुगेर प्रकाशमान सिंहलाई भेटी सभापतिमा एकपटक साथ दिन प्रस्ताव गरेका थिए ।-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot