Logo

अझै दलित र गैरदलितबीच भेदभाव



काठमाडौं, मंसिर ४ । साँफेबगर, अछाम पानीको मुहान एउटै, गाउँ र टोल पनि एउटै तर खानेपानीको धारा भने जातका आधारमा फरक फरक । एकै मुहानमा तीन कुवा छन्, एउटा क्षत्री समुदायको कुँवर जातिले प्रयोग गर्छन् । अर्को कुवा दलित समुदायको विश्वकर्मा जातिले प्रयोग गर्छन् ।

यसैगरी, अर्को छेउको कुवा दलित समुदायकै आउजी अर्थात् परियार जातिले प्रयोग गर्दै आएका छन् । तीनै कुवाको पानीलाई एकै ठाउँमा ट्यांकी बनाएर दुई धारा वितरण गरेको एक वर्ष पनि नबित्दै दलित समुदायका विक र आउजीले धारामा पानी बन्द गरी कुवाबाटै पानी ओसार्न थालेका छन् ।

कथित तल्लो जाति भनिएकाले प्रयोग गर्दै आएको धारामा पानी नआए १ घण्टा टाढाको वनमा जानुपर्ने बाध्यता छ । अछामको साँफेबगर नगरपालिका–२ जाल्पादेवीको बागभिडी टोलको यो यथार्थताले पानीको स्रोतमाथिको लडाइँलाई स्पष्ट देखाएको छ । तीन कुवा एकै ठाउँमा छ । त्यसभन्दा माथि नांगो डाँडो छ ।

त्यही नांगो डाडोमा वृक्षरोपण गरेको वर्ष नै सबै विरुवालाई डढेलोले सखाप बनायो । १ सय ५० घरधुरी रहेको बागभिडी टोलमा दुईवटा धारा बनाए पनि खानेपानी अपुग भएको छ । पानीको मुहानमा पानीको मात्रा बढाउन गरिएको वृक्षरोपणको आधा बिरुवा अझै बाँचेका छन् । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot