Logo

कांग्रेसको मतगणनास्थलमा मुख छोपेर आएका युवाको आक्रमणः ५ जना घाइते



बुटवल, मंसिर ४ । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत प्रदेशसभा क्षेत्रीय निर्वाचनका क्रममा रुपन्देहीमा मतगणनास्थलमा आक्रमण भएको छ । मुख छोपेर आएका युवाको आक्रमणबाट ५ जना घाइते भएका छन्।

प्रदेशसभा क्षेत्र नम्बर ३९१० को मतगणनास्थल सिद्धार्थनगर नगरपालिका भैरहवामा शुक्रवार मध्यराति आक्रमण भएको हो । आक्रमणमा १ जना उम्मेदवारसमेत घाइते भएका छन्। मतगणना कार्य जारी रहेको समयमा एक हुल युवाहरु जेनेरेटर बन्द गराउँदै मतगणनास्थल भित्र छिर्दै आक्रमण गरेका थिए ।

मतगणनामा रामचन्द्र पौडेल पक्षबाट प्यानल नै बनाएर उठेका पुरण श्रेष्ठले परिणाममा अग्रता लिँदै गरेको अवस्थामा आक्रमण शुरू भएको हो । आक्रमणपछि अहिले मतगणना स्थगित भएको छ।



प्रतिक्रिया दिनुहोस्