Logo

प्रचण्ड र विप्लव एकतानजिक, महराले गराए आजपनि भेटवार्ता



काठमाडौं, ४ मंसिर । पुष्पकमल दाहालले नेतृत्व गरेको नेकपा (माओवादी केन्द्र) र नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेतृत्व गरेको नेकपाबीच एकता हुने भएको छ। यसको लागि दुवै पार्टीका अध्यक्ष प्रचण्ड र विप्लवबीच मोटामोटी सहमति भएको छ। आज विहान पनि पार्टी एकता गर्ने विषयमा छलफल गर्न दुई नेता छलफलमा जुटेका थिए ।

प्रचण्ड र विप्लबीचको भेटवार्ताको लागि माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले गर्दै आएका छन् । आजको भेटवार्ता पनि महराकै पहलमा गरिएको स्रोतको दाबी छ।

महराले पनि आफूनिकट नेताहरुसँग विप्लवसँगको एकताले ठोस आकार लिने विश्वास दिलाउँदै आएका छन् । उनले तत्काल एकता नभएपनि सहकार्य गरेर जाने निश्चित् भएको सुनाउन थालेका छन् । विप्लवले पनि माओवादी केन्द्रसँग एकता हुने बताईसकेका छन् । filephoto



प्रतिक्रिया दिनुहोस्

Screenshot