Logo

ग्लोबल आइएमईको साधारण सभा मंसिर २८ गते, कस्ता छन् एजेण्डा ?



काठमाडौं, ५ मंसिर । ग्लोबल आइएमई लघुवित्तले  साधारण सभा मंसिर २८ गते बोलाएको छ । संस्थाको कात्तिक ३ गते बसेको सञ्चालक समितिको बैठकले ९औं वार्षिक सभा होटल पोखरा ग्राण्ड, पोखरा कास्कीमा बिहान १० बजेबाट शुरु गर्ने निर्णय गरेको हो ।

सञ्चालक समितिले प्रस्ताव गरेको २८ प्रतिशत बोनश शेयर वितरण प्रस्ताव सभाले पारित गर्ने भएको छ । त्यस्तै, सभाले आर्थिक वर्ष २०७७÷७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र २०७८÷७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारीश्रमिक निर्धारण गर्ने, कम्पनीको प्रवन्धपत्र र नियमावलीमा संशोधन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्ने जनाइएको छ ।

संस्थापक शेयरधनी समूह ‘क’ को तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालकको निर्वाचन, कुनै कम्पनीसँग मर्जर वा एक्विजिसनमा जानु परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने एजेण्डा रहेको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot