Logo

एनआईसी एशिया लघुवित्तको साधारण सभा आज, कति प्रतिशत लाभांश प्रस्ताव ?



काठमाडौं, ५ मंसिर । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको साधारण सभा आज हुँदैछ । संस्थाको सभा धरान ब्याक्वेट एण्ड इभेन्ट म्यानजमेण्ट प्राली धरानमा हुने भएको हो ।

कम्पनीको आज बस्ने सभाले कम्पनीले प्रस्ताव गरेको गत आर्थिक वर्षको मुनाफा वितरण गर्ने ५ दशमलव ४१ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गर्ने जनाइएको छ । सभाले संस्थापक समूहबाट ४ जना र सर्वसाधारण समूहको दुई जना सञ्चालहरुको निर्वाचन गर्ने प्रस्ताव पारित गर्नेछ ।

साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि कम्पनीले बुक क्लोज कात्तिक २३ गते गरेको हुँदा कात्तिक २२ गतेसम्म कायम शेयरधनीले सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot