Logo

प्रदेश २ सरकारमा नेकपा एस सहभागी



काठमाडौं, मंसिर ५। प्रदेश २ सरकारमा नेकपा (एकीकृत समाजवादी)का तर्फबाट दुई जना सहभागी भएका छन् । माधव नेपाल नेतृत्वको नेकपा एसका तर्फबाट संसदीय दलका नेता शत्रुधन महतो र प्रमोद यादवले मन्त्रीको शपथ लिएका हुन् । प्रदेश प्रमुख हरिशंकर मिश्रले आज विहान शपथ ग्रहण गराएका छन् ।

महतोले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र यादवले कानून न्याय तथा प्रदेश मामिला मन्त्रालयको जिम्मेवारी पाएका छन् ।



प्रतिक्रिया दिनुहोस्