Logo

महाधिवेशनको लागि समिकरण मिलाउँदै देउवा : सिटौला सहकार्यको लागि तयार, निधिले के गर्लान् ?



काठमाडौं, ५ मंसिर । नेपाली कांग्रेसका वर्तमान सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी १४औं महाधिवेशनमार्फत नेतृत्वमा पूनः दोहोरिने बताइसकेका छन् । त्यसको लागि उनले सबैखाले तयारी गरिसकेका छन् । आफ्नो समुहलाई यथावत कायम गर्न सके उनलाई सभापतिमा जित्न कुनै समस्या नहुने नेताहरुले नै बताउन थालिसकेका छन् ।

खासगरी सभापतिमा उम्मेद्धवारी दिने घोषणा गरेका विमलेन्द्र निधिलाई मात्रै पनि आफ्नै पक्षमा कायम गर्न सके देउवा सहजै सभापति बन्ने आँकलन गरिएको छ । तर, पछिल्लो समय निधि र देउवाबीच भएको निर्णायक छलफलमा भने निधिले आफू सभापतिको उम्मेद्धवारीबाट कुनैपनि हालतमा ब्याक नहुने बताईसकेका छन् । देउवाले पनि शुभकामना दिएको बताईएको छ । निधिले लामो समयदेखि आफूलाई साथ दिएकोले यसपटकपनि साथ पाउने देउवाको विश्वास छ ।

अब निधिले के गर्छन् ? भन्ने यकिन भएको छैन् । त्यस्तै, देउवाले यसपटक कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलासँग नयाँ समिकरण बनाईसकेका छन्। सिटौलासँग देउवाले यो बीचमा निरन्तर छलफल गरिरहेका छन् । सिटौलाले पनि देउवासँग नै सहकार्य गर्ने मनशाय बनाईसकेका छन् । कतिपय चुनावमा त देउवा–सिटौलाको समूह बनेको छ ।

सभापतिमा आफूलाई सघाए सिटौलालाई आगामी निर्वाचनपछि पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी दिने देउवाको तयारी छ । अहिले दुई नेताबीच महाधिवेशनलक्षित छलफल भैरहेको छ । त्यस्तै, आफूलाई लामो समयदेखि साथ दिँदै आएका गोपालमान श्रेष्ठसँग पनि देउवाले नियमित छलफल गरिरहेका छन् । यसपटक श्रेष्ठले पनि सभापतिमा उम्मेद्धवारी दिने सार्वजनिक रुपमै घोषणा गरिसकेका छन् । file photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्