Logo

एकनाले भरुवा बन्दुक सहित पक्राउ



धनकुटा, ५ मंसिर । एकनाले भरुवा बन्दुक सहित एकजना पक्राउ परेका छन् । छथरजोरपाटी गाउँपालिका–३ चिउरीबोटे बस्ने २४ वर्षीय राजन लिम्बुलाई १ थान एकनाले भरुवा बन्दुक सहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी चौकी छथरजोरपाटी बजारबाट खटिएको प्रहरीले राजनले गाईगोठमा लुकाई राखेको अवस्थामा उक्त बन्दुक सहित फेला पारी उनलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot