Logo

सुजाता राजनीतिक तरंग ल्याउने मुद्दासहित महाधिवेशनको मैदानमा आउने



काठमाडौं, ५ मंसिर । नेपाली काँग्रेसकी प्रभावशाली नेता सुजाता कोइरालाले कठोर निर्णय लिदै महाधिवेशनमा होमिने भएकी छिन् । उनले त्यसका लागि आन्तरिक छलफल तिव्र पारेको बुझिएको छ ।

सुजातानिकट स्रोतका अनुसार उनले कडा खालको राजनीतिक मुद्दा अगाडि सार्ने भएकी छिन् । नेपाली काँग्रेस मात्र नभई देशको राजनीतिमै ठूलो तरंग ल्याउने गरी नयाँ घोषणाका साथ उनी महाधिवेशनको मैदानमा उत्रने भएकी हुन् ।

पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाकी छोरी समेत रहेकी पूर्वउपप्रधानमन्त्री सुजाता कोइरालाले व्यक्ति र परिवारभन्दा माथि उठेर निर्णय लिन लागेको निकट स्रोतले बतायो । तर, उनले उठाउन लागेको मुद्दा के हो चाँडै जानकारीमा आउने स्रोतले बतायो ।

पछिल्लो राजनीतिक अवस्थाबारे सुजाता निकै गम्भीर भएको बुझिएको छ । अहिलेको राजनीतिक प्रणालीमै समस्या छ या यसलाई सुधार्न सकिन्छ भन्ने बारे उनले खुल्ला भएर आन्तरिक छलफल पनि गरेको स्रोतले बतायो । यो प्रणालीमा समस्या छ भने विकल्पमा समेत जानुपर्ने हो या होइन उनले फरक मत राख्ने बुद्धीजीवीहरुसँग परामर्श गरेको बुझिएको छ । यसकारण पनि उनले कठोर निर्णयका साथ नयाँ मुद्दा उठाउने संकेतहरु गरेकी छिन् ।

कोइराला परिवारभित्र समेत सुजाता फरक तरिकाले बढेकी छिन् । उनी आफै सभापतिकी आकांक्षी हुन् । देशभरका कार्यकर्ता र जनताले जे चाहन्छन् त्यही मुद्दा नेताले बोक्नुपर्ने धारणाका साथ सुजाता बढ्न लाग्नुलाई अर्थपूर्ण मानिएको छ ।



प्रतिक्रिया दिनुहोस्