Logo

विवाह गरेको २ महिनामै श्रीमतीको हत्या



राजविराज, ५ मंसिर । आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् । श्रीमती रोशन खातुनलाई विष खुवाई मारेको अभियोगमा लुकमान मियाँलाई पक्राउ गरेको हो ।

रोशन र लुकमानको २०७६ मंसिरमा विवाह भएको थियो । लुकमानले विवाह भएको २ महिनामा नै दाइजो नदिएको रिसमा कुटपिट गर्दा रोशनको २०७६ सालको फागुनमा मृत्यु भएको थियो ।

विष खुवाएपछि गम्भिर बिरामी भएकी रोशनको उपचारको क्रममा कोशी अस्पतालमा निधन भएको थियो । हत्या अभियोगमा लुकमान लगायत उनका आमा बुवालगायत ६ जना विरुद्ध जाहेरी दर्ता भएको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot