काठमाडौं, ५ मंसिर । उमेर र पेसालाई वर्गिकरण गरेर कोरोनाविरुद्धको खोप लगाउँदै आएको सरकारले अब १८ वर्ष माथिका सबैलाई खोप दिने भएको छ । स्वास्थ्य मन्त्रालयले सबै प्रदेशमा खोप लगाउन खोप पठाउने काम भैरहेको जनाएको छ ।
१८ वर्ष तलका बालबालिकाको लागि खोप खरिद सम्झौता गरिसकेको र खोप डिसेम्बरभित्र आउने मन्त्रालयको भनाई छ । दिर्घरोगीलाई लगाएर बचत भएको फाइजर खोप आज आम नागरिकलाई लगाइदै छ ।
हालसम्म ९१ लाख बढीले खोपको एक मात्रा र ७८ लाख बढीले दोस्रो मात्रा लगाएका छन् ।