Logo

स्वतन्त्र कानून व्यवसायीद्धारा निरन्तर देशव्यापी निशुल्क बहस/पैरवीमा सहभागी हुन आव्हान



काठमाडौं, ५ मंसिर । स्वतन्त्र कानून व्यवसायी अभियानले निरन्तर देशव्यापी निशुल्क बहस÷पैरवीमा सहभागी हुन आफ्ना सञ्जालमा रहेका मुलुकभरिका कानून व्यवसायीहरुलाई आव्हान गरेको छ ।

बारले देशभरिका अदालतमा बहस नगर्न आफ्नो ईकाईहरुलाई आह्वान गरेपछि स्वतन्त्र कानून व्यवसायी अभियानले भने त्यसलाई काउन्टर दिँदै आज (आइतबार) बाट नै देशभरका सबै अदालतहरुमा बहस/पैरवीमा सहभागी हुन भनेको हो ।

अभियानले कानून व्यवसायीहरुलाई कसैको पनि डरभरमा नपरी स्वतन्त्र, निर्भिक र निडर भई बहस तथा पैरवीमा सहभागी हुन आव्हान गरेको हो ।हिजो (शनिबार) एक विज्ञप्ती जारी गर्दै यस्तो आह्वान गरिएको हो ।

सोहीअनुसार देशभरिका सबै अदालतमा उनीहरुले बहस तथा पैरवी गरेको जनाईएको छ । अदालत बन्द गराउनु र कानून व्यवसायीहरुले बहस नगर्दा जनताको मौलिक हक हनन भएको अभियानको ठम्याई छ ।



प्रतिक्रिया दिनुहोस्