Logo

रामदेवको कार्यक्रममा ओली किन गएनन् ?



काठमाडौं, ५ मंसिर । देशका सबैजसो नेता पुगेको योगगुरु रामदेवको पतञ्जलीमा गत हप्ता आयोजित कार्यक्रममा एकजना नेता पुगेनन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निम्तो पाएर पनि कार्यक्रममा पुगेनन् ।

कार्यक्रममा प्रधानमन्त्री समेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, काँग्रेस नेताहरु सुजाता कोइराला, चित्रलेखा यादव, लोसपा नेता राजेन्द्र महतो, मन्त्रीहरु बालकृष्ण खाँड, डा. नारायण खड्का, महेन्द्र राय यादवलगायत पुगेका थिए ।

यस्तो कार्यक्रममा ओली नजानुमा मञ्चमा प्रचण्ड र माधव नेपाल हुने कारण हो । उनी नेकपा फुटेयता प्रचण्डसँग एउटै मञ्चमा देखिएका छैनन् । एमाले फुटेपछि ओली माधव नेपालसँग मिलेका पनि छैनन् । उनीहरुबीच पानी बाराबारको स्थिति छ ।

त्यसैले पनि ओली रामदेवको कार्यक्रममा सहभागी भएनन् । उक्त कार्यक्रममा टेलिभिजन च्यानलको उदघाटन भएकोमा अनुमति नलिएको विषय उठेको छ । पतञ्जलीले विज्ञप्ति जारी गरी भवन मात्र उदघाटन गरेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot