Logo

कांग्रेस महाधिवेशनका लागि गठित आर्थिक समिति विस्तार, सल्लाहकारमा विनोद चौधरी



काठमाडौं, ५ मंसिर । नेपाली कांग्रेसको १४औँ महाधिवेशनका लागि गठित आर्थिक समितिमा सदस्यहरु मनोनयन गरिएको छ । आर्थिक समितिका संयोजक एवम् सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले चार सल्लाहकार र १० सदस्य गरी १४ जनालाई समितिमा मनोनयन गरेका हुन् ।

पार्टीको कात्तिक २८ गते बसेको केन्द्रीय समितिको बैठकले सञ्चारमन्त्री कार्कीलाई महाधिवेशन आर्थिक समितिको संयोजकको जिम्मेवारी दिएको थियो । मनोनयन हुने सदस्यमा दीपक खड्का, उमेश श्रेष्ठ, जीपछिरिङ लामा, मोहन आचार्य, इन्द्र बानियाँ, अनिल रुङ्गटा, महेश जाजु, वीरेन्द्र कनोडिया, रामकृष्ण भट्टराई र दयाराम पाण्डे छन् ।

यसैगरी, सल्लाहकारमा विनोद चौधरी, दीपकुमार उपाध्याय, दिव्यमणिराज भण्डारी र पाल्देन गुरुङ मनोनयन भएका छन् । समितिले १४औँ महाधिवेशन सम्पन्न गर्नका लागि आवश्यक पर्ने खर्च जुटाउने समितिका सदस्य दीपक खड्काले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्