Logo

कालिकोटमा जिल्ला सभापतिदेखि महाधिवेशन प्रतिनिधिदखिसम्म सर्वसम्मत चयन



कालिकोट, ६ मंसिर । नेपाली कांग्रेस कालिकोटले महाधिवेशन प्रतिनिधि र जिल्ला सभापतिको सर्वसम्मत रुपमा चयन गरेको छ । सभापतिमा पौडेल पक्षका अम्मबहादुर शाही चयन भएका हुन् । त्यस्तै, प्रदेश निर्वाचनमा पनि सर्वसम्मत चयन गरिएको छ ।

प्रदेश १ मा नन्दबहादुर सिंह र २ मा आनन्द विक्रम शाहलाई सभापतिमा सर्वसम्मत रुपमा चयन गरिएको हो । महाधिवेशन प्रतिनिधिमा हर्षबहादुर बम, कालिबहादुर सहकारी, भुपेन्द्रजंग शाही, मुक्ति प्रसाद न्यौपाने, नारायण भट्टराई सहित २४ जना चयन भएका हुन् ।

 



प्रतिक्रिया दिनुहोस्