Logo

आजपनि बारको धर्ना जारी, सर्वोच्च परिसरबाट दंगा प्रहरी हटाइयो



काठमाडौं, ६ मंसिर । आजपनि प्रधानन्यायाधीश चोलन्द्र शमशेर जबराको राजीनामा माग गर्दै सर्वोच्च परिसरमा नेपाल बारले आन्दोलन जारी राखेको छ । करीब एक महिनादेखि आन्दोलित कानुन व्यवसायीहरुले ब्यानरसहित आजपनि धर्नामा बसेका हुन् ।

बारको आन्दोलन नियन्त्रणको लागि खटाइएका दंगा प्रहरीलाई आज सर्वोच्च परिसरबाट हटाइएको छ । अत्याधुनिक हतियारसहित सुरक्षाकर्मीहरु राखिएको भन्दै कानुन व्यवसायीहरुले हटाउन माग गर्दै आएका थिए ।



प्रतिक्रिया दिनुहोस्