Logo

सामान्य विवादमा झगडा हुँदा १ जनाको मृत्यु



डोटी, ६ मंसिर । आपसी झगडा हुँदा १ जनाको मृत्यु भएको छ । आपसी झगडा हुँदा बोगटान गाउँपालिका–१ उलटेपानी बस्ने ४९ वर्षीय धन बहादुर मगरको आइतबार दिउँसो मृत्यु भएको हो । झगडामा संलग्न सोही ठाउँ बस्ने ३२ वर्षीय मिलन मगरलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

बोगटान गाउँपालिका–१ उलटेपानी बस्ने टेक बहादुर मगरको घर छाई खाना खाने क्रममा उनीहरुबीच सामान्य विवादमा झगडा हुँदा घाइते भएका धन बहादुरलाई उपचारको लागि दिपायलतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी चमराचौतराबाट खटिएको प्रहरीले मिलनलाई नियन्त्रणमा लिएको हो ।

यस सम्बन्धामा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्