Logo

५ जोर सुनको मुन्द्रा लुटपाट गर्ने महिला पक्राउ



कास्की,६ मंसिर । लुटपाट गरेको अभियोगमा एक महिला पक्राउ परेकी छिन् । बालिकाहरुले कानमा लगाएको करिब १ तोला ९५ लाल बराबरको ५ जोर सुनको मुन्द्रा लुटपाट गरेको अभियोगमा पोखरा महानगरपालिका–१४ बस्ने स्याङ्जा घर भएकी २४ वर्षीया अम्बिका पुलामी मगरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

विभिन्न मिति र समयमा मगरले खानेकुरा खान दिई ललाई फकाई ५ जना बालिकाहरुको उक्त मुन्द्रा लुटपाट गरी फरार भएको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा पोखरा महानगरपालिका–९ पृथ्वीचोकमा लुटपाट गरेको उक्त मुन्द्रा र ग.१५ प ६७८८ नम्बरको स्कुटर सहित फेला पारी पक्राउ गरेको जनाएको छ ।

यस सम्बन्धामा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

 

 



प्रतिक्रिया दिनुहोस्