नवलपरासी(पूर्व), ६ मंसिर । तास खेलिरहेको अवस्थामा १६ जना पक्राउ परेका छन् । मध्यबिन्दु नगरपालिका–११ मजुवा बस्ने २७ वर्षीय रोमन बयम्बुको छाप्रोमा तास खेलिरहेको अवस्थामा रोमन लगायत १० जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । उक्त छाप्रोमा जुवातास खेलिरहेको खबर प्राप्त हुनासाथ प्रहरी चौकी अरुणखोलाबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ४९ हजार ३ सय १५ रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको जनाएको छ ।
त्यस्तै, दमक नगरपालिका–२ बस्ने ४० वर्षीय मोहन कुमार तामाङको घरमा तास खेलिरहेको अवस्थामा तामाङ लगायत ६ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त घरमा जुवातास खेलिरहेको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख २० हजार ५ सय रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको जनाएको छ ।
यस सम्बन्धामा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।