Logo

भूपेन्द्र बडुवाल हत्या प्रकरणमा १० पक्राऊ, ६ फरार



काठमाडौं, ६ मंसिर । कैलालीमा भूपेन्द्र बडुवाल हत्या प्रकरणमा अहिलेसम्म १० जना पक्राउ परेका छन् । ६ जना अझै फरार छन् ।

प्रहरीले हत्याका आरोपीमध्येका मदन शाहीलाई सुनसरीबाट पक्राउ गरेको छ । उनी लुकिछिमी धरानमा बस्दै आएको सूचनाका आधारमा पक्राउ परेका हुन् ।

२३ कात्तिको राति टीकापुर नगरपालिकाको सिद्धार्थ होटल नजिकै लम्कीका भूपेन्द्र बडुवालको नवीन रावलको समूहले हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ । रावल अझै फरार छन् ।

घटनामा दुई समूहबीचको द्वन्द्व मुख्य कारण रहेको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ ।

‘मामा मलाई नमार्नु’ भन्दा ‘खुकुरीको धारले नाता हेर्दैन’ भन्दै भूपेन्द्रमाथि नवीनद्वारा खुकुरी प्रहार



प्रतिक्रिया दिनुहोस्

Screenshot