Logo

प्रधानमन्त्री देउवा माघमा भारत भ्रमणमा जानसक्ने



काठमाडौं, ६ मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवा माघ महिनामा भारत भ्रमणमा जानसक्ने बुझिएको छ । भारतको गणतन्त्र दिवसमा अतिथीका रुपमा देउवा जानसक्ने बुझिएको छ ।

भारतले यसपटक गणतन्त्र दिवसमा बिमस्टेक सदस्य राष्ट्रका नेताहरुलाई अतिथिका रुपमा निम्तो गर्ने भएपछि देउवाको भ्रमण त्यसबीच हुने सम्भावना रहेको हो ।

नेपालसहित भारत, बँगलादेश, म्यानमार, श्रीलंका, थाइल्यान्ड र भुटान बिमस्टेकका सदस्य राष्ट्र हुन् । ती देशका नेताहरुलाई सन् २०१९ मा मोदीले दोस्रोपटक प्रधानमन्त्री हुँदा सपथ ग्रहणमा निम्तो दिएका थिए ।

इन्डियन एक्सप्रेसले बिमस्टेक देशका नेताहरुलाई भारतको विदेश मन्त्रालयले अतिथिका रुपमा निम्तो गर्न लागेको खुलासा गरेको छ । भारतले गणतन्त्र दिवसको प्रमुख अतिथिमा विदेशी नेतालाई निम्तो दिने गर्छ । यसको सामरिक र कुटनीतिक चासो, व्यापार र अन्तर्राष्ट्रिय भूराजनीतिक सम्बन्ध पनि रहेको हुन्छ ।

भारतले प्रधानमन्त्री शेरबहादुर देउवाका अलावा बँगलादेशकी प्रधानमन्त्री शेख हसिना, श्रीलंकाका प्रधानमन्त्री महीन्दा राजापाक्षे, भुटानका प्रधानमन्त्री लोत्से छिरिङ, थाइल्यान्डका प्रधानमन्त्री प्रयुत चान ओ चा, म्यानमाका सरकार प्रमुख जनरल मिन अङ लइङलाई गणतन्त्र दिवसमा बोलाउने तयारी गरेको इन्डियन एक्सप्रेसले उल्लेख गरेको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्