काठमाडौं, ७ मंसिर । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको समर्थनमा अनशन बस्दै आएकी सामाजिक अभियन्ता तारा बरालको वीर अस्पतालमा उपचार भैरहेको छ । महिलामाथि अपशब्द बोलेको वकिलहरुलाई कारवाही, एमसीसी खारेज लगायतको ४ वटा माग राख्दै बिजुली बजारको एउटा घरमा आमरण अनशन बस्दै आएकी बराललाई सोमबार साझ अस्पताल पुर्र्याइएको हो ।
स्वास्थ्यमा समस्या आएपछि उनको इमर्जेन्सीमा उपचार भैरहेको छ । उनी कात्तिक ३० गते बेलुकादेखि गोप्य रुपमा आमरण अनसन बसेको निकटस्थ स्रोतले जनाएको छ ।
यसअघि भद्रकाली मन्दिर नजिकै पिपलबोटमा आमरण अनसन बस्न लागेको अवस्थामा अभियन्ता बरालसहित ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । बराल समुहले न्यायाधीश इजलासमा फर्किनुपर्ने, सेवाग्राहीले सेवा पाउनुपर्ने माग राख्दै सर्वोच्च परिसर र बारको परिसरमा धर्ना दिँदै आएका थिए ।