काठमाडौं, ७ मंसिर । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा नेता सुवास नेम्वाङले दशौं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दिने तयारी गरेका छन् । नेम्वाङले वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएका हुन् ।
उनले सर्वसम्मत रुपमा नेतृत्व चयन नभए उक्त पदमा उम्मदवारी दिने तयारी गरेका हुन् । केही दिन अगाडी मात्र उपाध्यक्ष भीम रावलले अध्यक्ष पदको लागि उम्मेदवारी घोषणा गरेका थिए । महासचिव ईश्वर पोखरेलले बरिष्ठ उपाध्यक्षमा दाबी गरिरहेको बेला नेम्वाङले पनि उम्मेदवारीको तयारी गरेका हुन् ।